Logo

मैदानबाटै केकीले घोषणा गरिन् ‘कोहलपुर एक्सप्रेस’ गुड्ने दिन !

छायांकनको क्रममा रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति तय भएको छ । निर्मात्री समेत रहेकी फिल्मकी लिड अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै फिल्म फ्लोरमा रहँदै गर्दा प्रदर्शन मिति सार्वजनिक गरेकी हुन् । यो फिल्म आउँदो बर्ष अर्थात २०७५ को बैशाख १४ मा रिलिज हुनेछ ।

‘बाँकेका विभिन्न स्थानमा दौडँदै २२ औँ दिनमा पुरा गर्दै गरेको कोहलपुर एक्सप्रेसको छायाँकन सोचे जस्तै र खोजे जस्तै भएको भन्दै आउँदो बैशाख १४ लाई सिनेमा घरमा हुइँकने निर्णय गरेका छौ’, केकीले फेसबुकमा लेखेकी छिन् । केकीका उल्लेखित शब्दमा पोखिएको उत्साहले फिल्म राम्रो बनिरहेको अनुमान लगाउन गाह्रो छैन् ।

केकीको होम प्रोडक्शन जुनकिरी आर्टस् को तर्फबाट निर्माण भईरहेको फिल्मलाई म्युजिक भिडियोमा स्थापित निर्देशक विशाल भण्डारीले ‘एक्सन कट’ गरिरहेका छन् । फिल्ममा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

केकीसँग भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिव प्रसाद चौलागाइँले लगानीमा साझेदारी गरेको फिल्ममा कथा शान बस्नेतको छ भने क्यामेरा अर्जुन तिवारीले चलाइरहेका छन् । लोकेश बज्रचार्यको सम्पादन रहने फिल्ममा गम्भिर बिष्टको नृत्य निर्देशन छ । फिल्मको सम्पुर्णजसो छायाँकन बाँके (नेपालगञ्ज) आसपासमा नै भईरहेको छ ।

Comments