Logo

सृष्टिले बाँधिन् आर्यनसँग जोडी

अभिनेता सौगात मल्लकी प्रेमिका समेत रहेकी अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठले अभिनेता आर्यन अधिकारीसँग जोडी बाँध्ने पक्का भएको छ । रियलमा नभई सबिर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘बाँध मायाले’ मा यो जोडी एकसाथ देखिने पक्का भएको हो । फिल्मको छायाँकन यसै सातादेखि नवलपरासीबाट सुरु हुँदैछ ।

फिल्म युनिट यतिबेला छायाँकन स्थलमा पुगिसकेको बताइएको छ । लेखक समेत रहेका निर्देशक श्रेष्ठले ‘बाँध माया’ले लाई आफ्नो ड्रिम प्रोजेक्ट मानेका छन् । लामो तयारी पछि हामी सुटिङमा निस्किएका हौं, निर्देशक श्रेष्ठले भने, दर्शकले चाहे जस्तो फिल्म बनाउँछु । फिल्म पूर्ण रुपमा लभ स्टोरी बन्ने सविरको भनाई छ ।

निर्देशक श्रेष्ठको काईट्स ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुती रहने बाँध मायाले का निर्माता रामहरी धिताल र बिभिसीका श्रेष्ठ निर्माता हुन् । सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार प्रसाद धिताल छन् । बाबु श्रेष्ठको छायाँकन रहने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् ।

फिल्ममा आर्यन र सृष्टिसँगै कलाकारहरु राजाराम पौडेल, विशाल चाम्लिङको अभिनय रहनेछ । नव प्रस्तुतीको रुपमा किशोर खड्का रहेका छन् ।

Comments