लण्डन पुग्दा भिलेन बने सविन, भोजपुरी स्टारसँग कति जम्यो केमेष्ट्री ?
भोजपुरी फिल्मका मेघा स्टार दिनेशलाल यादव (निरहुआ) को फिल्म नेपालमा छायाँकन भएको समाचारले केहि महिना पहिले मिडियामा चर्चा पाएको थियो । अब भने नेपालहुँदै उक्त फिल्म ‘निरहुआ चलल लण्डन’ को टोली लण्डन पुग्दा फिल्मको इण्डक्ल्याप भएको छ। यो फिल्ममा नेपाली अभिनेता सविन श्रेष्ठले निरहुआसँग खलपात्र बनेर वार गरेका छन् ।
हाल लण्डनमा रहेका सविनले फिल्मीनेपालसँगको कुराकानीमा उक्त फिल्मको सम्पुर्ण छायाँकन सकिएको जानकारी दिए । स्टार भइकन पनि निरहुआले सेटमा रहँदा काम प्रति देखाएको ‘डेडिकेसन’ले निकै प्रभावित भएको सविनले बताए । निर्देशक चन्द्र पन्तसहित फिल्मको टिम नेपाली रहेकोले पनि काम गर्न सजिलो भएको बताएका उनले रमाइलो मै सम्पुर्ण छायाँकन सकिएको पत्तो नभएको प्रतिक्रिया दिए ।
फिल्ममा निरहुआ र सविनसँगै भोजपुरी फिल्मकी सुपरस्टार अभिनेत्रीमा आम्रपाली दुबे, सुनिल थापा, सोनु खत्री लगायतको मुख्य भूमिका रहेको छ । प्राप्त एक तश्विरमा सविनलाई चेतावनीपुर्ण हाउभाउमा देख्न सकिन्छ । फिल्मको एक गीत हप्ता बढि समय लगाएर नेपालमा खिचिएको कुराले यसअघि चर्चा पाएको थियो । नेपाली फिल्मका नाम कहलिएका द्वन्द्व निर्देशक पन्तले ‘निरहुआ चलल लण्डन’ नेपालमा ४० प्रतिशत खिचिएको बताए । फिल्मको ६० प्रतिशत छायाँकन लण्डनमा सम्पन्न भएको हो ।
३ करोड बढि बजेटको भनिएको फिल्मलाई सोनु खत्रीले निर्माण गरेका हुन् भने मानकृष्ण महर्जनले क्यामेरा चलाएका छन् । फिल्म भोजपुरी बन्दा निर्देशक पन्तले अधिकांश प्राविधिक नेपाली रोजेका छन् । रामजी लामिछाने र कविराज गहतराजले यो फिल्मा कोरियोग्राफी गरेका छन् । यो फिल्मलाई भोजपुरीको सर्वाधिक बजेटको दाबी गरिएको छ ।