Logo

निराजनले अंगाले अशिष्मा

गायक सुरज मानन्धर आफ्नो पछिल्लो गीत ‘तिम्रो अंगालोमा’ लिएर दर्शक श्रोतामाझ आएका छन् । पछिल्लो समय बाहिर आइरहेका गीत संगीतमा केहि फरक स्वाद मानन्धरले यो गीतमा पोखेका छन् । गायनमा सुरजलाई अन्जु पन्तले साथ दिएकी छिन् ।

युट्युवमा सार्वजनिक गीतमा गोविन्द दाहालको शब्द समावेश छ भने संगीत चन्दन के श्रेष्ठको छ । संगीत एरेञ्जको काम फणिन्द्र राईले गरेका छन् । गीतको भिडियो निर्देशन शान थापाले गरेका छन् । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा अब्बल बन्दै आएका शानले भिडियोलाई सुन्दर बनाउन मेहनत खर्चेका छन् ।

भिडियोमा मोडल निराजन प्रधानले अभिनेत्री अशिष्मा नकर्मीलाई अंगालेको भेट्न सकिन्छ । निराजन र अशिष्माको जोडी म्युजिक भिडियोमा राम्रै जम्दै आएको जोडीमा पर्छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन छ भने सुप्रिम पराजुलीले सम्पादनको काम गरेका छन् ।

Comments