अनमोलको नयाँ फिल्म ‘क्याप्टेन’, खेलको कि विमान को ?
पीता भुवन केसीको निर्माणमा युवा स्टार अनमोल केसीले अभिनय गर्ने नयाँ फिल्मको नाम ‘क्याप्टेन’ पक्का भएको छ । विकास वोर्डमा दर्ताको प्रक्रिया नसकिएको भन्दै निर्माण टिमले फिल्मको नाम गोप्य राखेको थियो । अब भने अनमोल ‘क्याप्टेन’ बन्ने पक्का भएको छ ।
अनमोल ‘क्याप्टेन’ खेलको कि विमानको त ? निर्माण टिमले अनमोल केसीलाई फिल्ममा फुटबल टिमको क्याप्टेन बनाउन लागेको बताएको छ । अब भने पर्दामा अनुहार बेचेर मात्र स्टार बनेको आरोप पाएका अनमोलले आफुलाई पर्दामा परिमार्जन गर्ने पक्का भएको छ । खेलाडी बन्दा कस्ता देखिन्छन् त्यो भने पर्दामा आएपछि मात्र थाहा हुनेछ ।
फागुनको अन्तिम साताबाट फ्लोरमा जाने बताइएको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्नेछन् । फिल्ममा अनमोलको अपोजिटमा को रहने पक्का भएको छैन् । सामिप्यराज तिमिल्सिनाले लेखेको कथामा अनमोलको अपोजिटमा फ्रेस हिरोइन ल्याउने तयारीमा निर्माण टिम छ ।