Logo

निखिल र सौगातको ‘संरक्षण’ पुनः रिलिज घोषणा

गत श्रावणमा प्रदर्शन भइसकेको फिल्म ‘संरक्षण’को पुनः रिलिज घोषणा भएको छ । तराई भेगको कथा बोल्ने फिल्म मधेशमा समय समयमा चलेको आन्दोलनको चपेटामा परेको थियो । जसकै कारण श्रावण पहिले पनि तोकिएका अनेकन मितिमा पटक पटक रिलिज पोष्टपोण्ड भएको थियो ।

फिल्म होलीको छेकोमा यहि फागुन १७ गतेबाट तराई मधेश क्षेत्रमा प्रदर्शनमा आउने छ । निर्माता प्रदिपकुमार उदयले समाचारको पुष्टि गरेका छन् । तराई समुदायको महान पर्व मानिने होलीको उपहार स्वरुप निर्माण टिमले फिल्मको पुनः रिलिज घोषणा गरेको हो ।

निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्ममा कामेश्वर चौरासिया, अशिष्मा नकर्मी, प्रमोद अग्रहरी, मलिना जोशी लगायत लिड रोलमा छन् । फिल्ममा प्रदिप उदयसँगै नरेन्द्र महर्जन, रमेश रञ्जन र पुर्णेन्द्र झाको लगानी छ । झा नै फिल्ममा निर्देशक हुन् ।

Comments