Logo

कुलेखानीमा छल्केको पवित्रा र आकाश प्रेम (फोटो फिचर)

२१औं सताब्दीको पछिल्लो पुस्ता प्रेम भनेपछि चुर्लुम्म छ । प्रेम भनेपछि कोहि पनि अछुतो नरहने समयमा एकतर्फी प्रेम गर्नेहरु उत्तिकै छन् । कसैको प्रेम स्विकार्य हुन्छ त कसैको अश्विकार्य । यसरी नै कोहि कसैको प्राप्तीमा लामो समयसम्म लाग्दा अन्ततः सपना पुरा हुँदाको क्षण कस्तो होला ? यस्तै कथालाई बुनेर भिडियो निर्माणको जमर्को गरेका छन् निर्देशक बसन्त निरौलाले ।

आकाश आचार्यको शब्द संगीतमा तयार हुँदै गरेको एल्बम ‘फर्गटेन लभ’मा समावेश उक्त गीतको भिडियो हालै मात्र कुलेखानीमा खिचिएको हो । उक्त गीतमा स्वर पनि आकाशको नै छ । एरेञ्जको काम गोपाल रसाइलीले गरेका छन् । अडियो मिक्सिङको काम प्रकाश मिश्रबाट भएको छ ।

गीतको भिडियोमा गायक तथा संगीतकार आकाशसँगै अभिनेत्री तथा कोरियोग्राफर पवित्रा आचार्य फिचरिङमा छिन् । निर्देशक निरौलाले पछिल्लो पुस्ताका अधिकांश युवा युवतीको प्रेम कथालाई जीवन्त रुपमा भिडियोमा तयार गर्ने प्रयास गरेको बताए । सागर आचार्यले निर्माण गरेको भिडियोलाई दिव्य सुवेदीले खिचेका छन् ।

 

 

 

Comments