‘सानी’ बन्दा छल्कियो सुशिलाको जवानी (भिडियो)
गायिका सुशिला पाठकको पछिल्लो गीति भिडियो ‘सानी’ सार्वजनिक भएको छ । जन्मदिनको अबसर पारेर पाठकले आफ्नै आवाज रहेको गीतमा आफै मोडल बन्दै भिडियो सार्वजनिक गरिन् । ‘सानी’ बोलको गीतको भिडियोमा सुशिला बोल्ड देखिएकी छिन् ।
छोटो समयमा सांगितिक क्षेत्रमा सफलताको संकेत छाडेकी सुशिलाको पछिल्लो कोशेली मोर्डन लाग्छ । ‘डान्सिङ बिट’को गीतको भिडियोमा बैंश र जवानीको कुरा गरिएको छ । भिडियो युवा पुस्ता लक्षित छ ।
कुमार शिवाकोटीको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोलाई सचिन थापाले निर्देशन गरेका छन् । गीतमा विशाल पौडेलको एरेञ्ज छ भने कोरियोग्राफी सुम्निमा, राज र मिलनले गरेका छन् ।