Logo

भोजपुरी स्टारसँग कति जम्यो सविनको केमेष्ट्री? (निरहुआ चलल लण्डन ट्रेलर)

नेपाली निर्देशक चन्द्र पन्तको एक्सन कट रहेको भोजपुरी फिल्म ‘निरहुआ चलल लण्डन’को ट्रेलर रिलिज भएको छ । रिलिजको दुई दिन नपुग्दै १२ लाख बढिले युट्युवमा ट्रेलर हेरिसकेका छन् । अधिकांश कमेन्ट सकारात्मक छन् । ट्रेलरमा अधिकांश दृश्य नेपाल छायाँकनका जोडिएका छन् ।

यो फिल्ममा लिड अभिनयमा भोजपुरी फिल्मका मेघा स्टार दिनेशलाल यादव (निरहुआ) सँगै भोजपुरी फिल्मकी सुपरस्टार अभिनेत्रीमा आम्रपाली दुबे तथा नेपाली अभिनेता सविन श्रेष्ठ फिचरिङमा छन् । फिल्ममा निरहुआको विरुद्ध सविनले फाइट गरेका छन् । सार्वजनिक ट्रेलरमा सविनलाई हेण्डम रुपमा प्रस्तुत गरिएको छ । उनको क्यारेक्टर भिलेन रहेको भान ट्रेलरले दिन्छ । खलपात्रको उपमा पाएका भेट्रान अभिनेता सुनिल थापा पनि ट्रेलरमा अटाएका छन् ।

नेपाली फिल्मका नाम कहलिएका द्वन्द्व निर्देशक पन्तले ‘निरहुआ चलल लण्डन’ नेपालमा ४० प्रतिशत खिचिएको बताए । फिल्मको ६० प्रतिशत छायाँकन लण्डनमा सम्पन्न भएको हो । ३ करोड बढि बजेटको भनिएको फिल्मलाई सोनु खत्रीले निर्माण गरेका हुन् भने मानकृष्ण महर्जनले क्यामेरा चलाएका छन् ।

फिल्म भोजपुरी बन्दा निर्देशक पन्तले अधिकांश प्राविधिक नेपाली रोजेका छन् । रामजी लामिछाने र कविराज गहतराजले यो फिल्ममा कोरियोग्राफी गरेका छन् । यो फिल्मलाई भोजपुरीको सर्वाधिक बजेटको दाबी गरिएको छ । फिल्मको रिलिज मिति तय गरिएको छैन् । २०१८ को मध्यतिर रिलिज तार्गेट गरिएको फिल्ममा नेपाली प्राविधिक तथा कलाकारहरु जोडिन पाउनुलाई निर्देशन पन्तसँगै अभिनेता श्रेष्ठले गर्वको विषय बताए ।

Comments