Logo

नारी दिवसमा देशप्रेम जप्दै पवित्रा (भिडियो)

राजधानी गर्मिँदै गर्दा दोलखाको कालिञ्चोक भने घुम्न, रम्न र हिउँ खेल्न चाहनेहरुको लागी अहिले पनि रोजाइमै छ । सामाजिक सञ्जाल हेर्यो भने यताकता कालिञ्चोकको हिउँमा मस्ती गर्दै गरेका तश्विरहरु युवायुवतीहरु पोस्ट गरिरहेको भेट्न सकिन्छ । यहि छेकोमा कालिञ्चोकको मनोरम दृश्य झल्काउँदै निर्देशक बसन्त निरौलाले तयार गरेको एक गीति भिडियो सार्वजनिक भएको छ । नारी दिवसको छेकोमा भिडियो रिलिज गरिएको हो ।

“हिउँ जस्तै सफा मन, हिउँको जस्तै कोमल तन” बोलको गीतलाई हिउँ परेकै समय पारेर कालिञ्चोकमा खिचिएको थियो । गीतमा स्वर पारू रञ्जितको छ । नव गायिका पारुको यो गीत एल्बम ‘मनको आवेग’मा समावेश छ । बसन्तको ‘एक्सन कट’मा अभिनेत्री पवित्रा आचार्यले कम्मर मर्काईन् ।

गीतको भिडियोमा कोरियोग्राफी पनि पवित्राले नै गरेकी छिन् । देव पुनः को शब्द संगीत रहेको गीत लोक प्याटनमा छ । देशको राष्ट्रियता झल्काउने शब्दमा सोहि प्रकारको भेषभुषा भिडियोमा जोडिएको छ । दिव्य सुवेदीले भिडियो खिचेका हुन् भने बिरेन्द्र रंजितले भिडियोलाई निर्माण गरेका हुन् । सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका छन् ।

Comments