बिहे बारे बोलिन् स्कुल पढ्दा नै लभमा परेकी दीपा (भिडियो)
दीपाश्री निरौला नेपाली कला क्षेत्रलाई चिन्ने बुझ्नेहरुको अघि अब्बल नाम हो । उनै दीपा उमेरले ४० को दशक पुग्दासम्म सिंगल छिन् । प्रायः मिडियामा उनको बिहे र प्रेमको बारेमा समाचार बन्छन् उनले निर्धक्क जवाफ दिन्छिन्, ‘बिहे समय आएपछि गर्छु।’
समय समयमा उनका सहकर्मी दीपकराज गिरीसँगको सम्बन्धलाई जोडेर गसिप बन्छन् । धेरै फ्यानले त उनलाई दीपकसँगै जीन्दगी बिताउन सुझाउँछन पनि । केहि हप्ता पहिले दीपककी छोरीको बिहे हुँदा दीपाले बोलेको ‘दीपककी छोरी मेरो पनि छोरी’ भन्ने वाक्यले समेत चर्चा पाएको थियो । दीपा अहिले पनि भन्छिन्, ‘दीपक र म लामो समय सँगै काम गर्दा परिवार जस्तै भइसक्यौँ उनकी छोरी मेरी पनि छोरी हुन लाग्छ।’
हाँस्य कलाकार, अभिनेत्री तथा निर्देशक समेत रहेकी उनै दीपासँग फिल्मीनेपालले गरेको बिहे अनि प्रेमका कुरा भिडियोमा हेर्नुहोस । जहाँ उनले आगामी प्रोजेक्ट ‘छक्का पञ्जा ३’का संभावित कलाकार तथा दीपकसँगको सम्बन्ध अनि अन्य विविध विषयमा आफ्ना मनोभावहरु व्यक्त गरेकी छिन् ।
भिडियोः