‘प्रेमगीत ३’ तत्काल नबन्ने, निर्माता भन्छनः ‘प्रदिपको विकल्प खोज्न सकिन्छ’
‘प्रेमगीत’ प्रदिप खड्कालाई स्टारको ट्याग दिएको फिल्म हो । यसको दोश्रो सिक्वेल पनि वक्सअफिसमा हिट बन्यो, दर्शकबाट माया पायो । यो बीचमा निर्माण कम्पनि आशुसेन फिल्मस् ‘प्रेमगीत ३’ पनि निर्माणको मनस्थितीमा छ । तर उक्त प्रोजेक्टको तत्काल काम अघि निर्माता सन्तोष सेनले बताएका छन् ।
यतिबेला आफ्नो टिम नयाँ प्रोजेक्टको तयारीमा लागिरहेको भन्दै सेनले ‘प्रेमगीत ३’को काम दशैँपछि मात्रै अघि बढ्ने बताए । फिल्मीनेपालसँगको संवादमा सेनले भने, ‘अहिलेको प्रोजेक्ट विसुद्ध नयाँ टिमसँग फेमिली ड्रामा हो, यो रिलिजपछि मात्रै अर्को प्रोजेक्टको काम अघि बढ्छ ।’
यतिबेला सोहि अनटाइटल प्रोजेक्टको स्कृप्टिङमा लागिरहेको र कथाको माग अनुसार वर्षायाममा खिच्नुपर्ने भएकोले असारमा मात्रै छायाँकनमा जाने भन्दै सेनले ‘प्रेमगीत ३’ मा प्रदिप खड्काको विकल्प सोच्ने अवस्था समेत आउन सक्ने इङ्गित गरे । बर्षमा एउटा फिल्म मात्र गर्ने बोलेका प्रदिपको एकपछि अर्को फिल्मको चर्चा र भैरवीको छायाँकन नै बाँकी रहेको भन्ने प्रश्नमा उनले भने, ‘प्रदिपले राम्रो प्रोजेक्ट गर्दै जाँदा समय जुध्ने अनि फिल्मको रिलिजपनि जुध्ने अवस्था आयो भने त्यो बेला आशुसेन फिल्मस् ले उनको विकल्प खोज्नेछ ।’
प्रदिपले आफुसँग मात्र काम गर्नुपर्छ भन्ने नभएको र उनलाई आफ्नो र ब्यानरको तर्फबाट कुनै दबाब नभएको भन्दै सेनले आफ्नो स्वतन्त्रतामा अघि बढ्न सुझाव समेत दिएका छन् । यद्धपी दशैँपछिको समयको लागी प्रदिपलाई अबगत गराइसकेको समेत उनले बताए ।
photos: steel from premgeet 2 (source: google)