Logo

एक्सन र प्रेमको मिश्रण, ट्रेलरमा हेर्नुहोस् ‘रणवीर’ (भिडियो)

प्रशान्त ताम्राकार र सुशिल सिटौला स्टारर फिल्म ‘रणवीर’को ट्रेलर रिलिज भएको छ । माघ १८ ना प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा एक्सन, प्रेम, र कमेडी प्लटहरु समावेश छन् ।

गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीको निर्माणमा बनेको फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा कथा लेखन पनि निर्देशकको नै छ । यो फिल्मबाट सुवेक्षा खड्का र सपुष्पा भट्टले डेब्यू गर्दैछन् ।

कृष्ण भण्डारीको सम्पादन रहेको फिल्मलाई महेश पौडेलले खिचेका छन् । गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी ‘रणवीर’मा समावेश छ ।

Comments