‘कागजपत्र’ जुटाउन जग्गा दलाल बने नाजिर
फिल्म ‘कागजपत्र’को ट्रेलर रिलिज भएको छ । चैत्र ८ लाई प्रदर्शन मिति तोकेको फिल्म टिमले रिलिजको एक महिना बाँकी हुँदा ट्रेलर रिलिज गरेको हो । ट्रेलरमा कमेडीपना हाबी छ भने विदेश जानकै लागी नक्कली विवाह गर्ने प्रेमी जोडीको कथा जोडिएको छ ।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै लिड अभिनेता नाजिर हुसैनले आफुले ‘कागजपत्र’मा जग्गा दलालको भुमिका निभाएको खुलाए । निर्देशक अपिल बिष्टले अष्ट्रेलिया जानकै लागी ठुलो उमेर अन्तरमा गरिने नक्कली विवाह र त्यसपश्चात उत्पन्न परिस्थितीको वरीपरी फिल्म घुमेको बताए ।
यो फिल्ममा नाजिरसँगै शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा,लक्ष्मी बर्देवा जीवन भट्टराई लगायत लिड अभिनयमा छन् । कास्मिर डिक्सनले खिचेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।