‘जानी नजानी’ ट्रेलरः निरिशालाई बोल्ड बन्न कसले रोक्ने ! (भिडियो)
फिल्म ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक गरिएको छ। चैत १ बाट प्रदर्शनमा आउने फिल्मको काठमाडौंमा एक कार्यक्रमको आयोजनाका बीच ट्रेलर रिलिज गरियो । मुख्य सहायक निर्देशकमा चम्किलो नाम वसन्त अधिकारीको डेब्यु निर्देशनमा यो फिल्म तयार भएको छ ।

ट्रेलरमा मुख्य कलाकार मनीष श्रेष्ठ र निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतारचढाव देखाइएको छ ।त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मा सन्नी सिंह र नम्रता श्रेष्ठ पनि प्रमुख भूमिकामा छन् । ट्रेलरमा बोल्ड अबतारमा प्रस्तुत भएकी अभिनेत्री निरिशा कार्यक्रममा झनै बोल्ड भएर आउँदा धेरैको नजर उनितिर तानियो ।
फिल्मकी प्रस्तुतकर्ता रोशनी केसीले मनोरञ्जनसँगै दर्शकले सन्देश पाउने बताउँछिन्। स्वदेशका विभिन्न पर्यटकीय स्थलका साथै भारतको मनालीमा छायांकन गरिएकाले पनि फिल्ममा प्रत्येक दृश्य आकर्षक देखिएका छन् । ट्रेलरमा केहि लोभलाग्दा दृश्य पनि समावेश छन् ।