Logo

प्रेम, द्वन्द्व र रोदनको मिश्रणः ट्रेलरमा हेर्नहोस् ज्योतिष हिरो हरिहरको ‘शुभ लभ’

युवा ज्योतिष हरिहर अधिकारीको डेब्यू अभिनय रहेको फिल्म ‘शुभ लभ’को ट्रेलर रिलिज भएको छ । आगामी चैत्र १५ लाई प्रदर्शन मिति तय गरिएको फिल्मको निर्माण टिमले सोमबार ट्रेलर रिलिज गरेको हो ।

ट्रेलरमा प्रेम, द्वन्द्व, रोदन तथा हरिहरकै पेशालाई मुख्य स्थान दिइएको छ । त्यसो त फिल्मभित्र पनि हरिहरले ज्योतिषिय भूमिका नै निभाएका छन् । फिल्मको लिड अभिनेत्रीमा क्रिष्टिन पौडेल छिन् । उनको लागी पनि यो फिल्म डेब्यू हो ।

सन्तोषबाबु लोहनीको निर्देशनमा तयार फिल्ममा सरोज खनाल, रविन्द्र झा, राजेन्द्र पोखरेल, प्रदिप बास्तोला, सुर्य थापा लगायत लिड अभिनयमा छन् । कोरियोग्राफी रामजी लामिछानेको छ भने क्यामेरा रामेश्वर कार्कीले चलाएका छन् ।

प्रदिपकुमार उदयको प्रस्तुतीमा तयार भएको यो फिल्मको निर्माता धर्मराज सुवेदी हुन् । हरिहरकै कथा समावेश ‘शुभ लभ’मा बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । अभिमन्यू निरवीले पटकथा लेखेका छन् ।

Comments