Logo

‘लभ स्टेशन’ पोस्टरमा प्रदिप र जसिताको प्रेम

चैत्र २२ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘लभ स्टेशन’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा लिड कलाकार प्रदिप खड्का र जसिता गुरुङको प्रेम झल्केको छ ।

उज्जल घिमिरेको निर्देशनमा तयार फिल्मको निर्माता गोविन्द शाही हुन् । यो फिल्ममा प्रदिप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, प्रिया रिजाल, सरु बिष्ट, दिनेश काफ्ले लगायत लिड अभिनयमा छन् ।

A004_C032_01302I

सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्ममा सम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अर्जुन जिसी र लोकेश बज्राचार्य सम्पादनमा छन् ।

A004_C032_01302I

Comments