दयाहाङसँग फिल्मी संवादः असफलताको जस कसले लिने ?
पछिल्लो क्रममा एकपछि अर्को गर्दै नेपाली फिल्म फ्लपको सुचीमा परिरहेका छन् । हरेकहप्ता रिलिज हुने फिल्मले दर्शकबाट साथ नपाउँदा करोडौँको लगानी बालुवामा पानी बनिरहेको छ ।

यो बीचमा यकाध बहस भएपनि फिल्म असफलताका पक्ष केलाउन योसँग संबद्ध कोहि पनि लागेको देखिँदैन्, न त फिल्म क्षेत्रलाई प्रतिनिधित्वको धाक दिएर खुलेका संघ संस्था नै लागेका छन्, न त फिल्म क्षेत्रको सर्बोच्च संस्था मानिने चलचित्र विकास वोर्ड नै । अनि यो बीचमा आयोजना हुने फिल्मी कार्यक्रममा पत्रकारले कलाकारलाई प्रश्न गर्छन्, तपाइँ आफ्नो फिल्मको असफलताको भागेदार बन्ने कि नबन्ने ?
कलाकारका कारण मात्र फिल्म असफल हुने भन्ने कहिँकतै पनि हुँदैन । त्यसैले त फिल्म निर्माणको मुख्य श्रेय, राम्रो नराम्रो बनाउने सबै जिम्मा मेकरको हातमा हुन्छ । हालै फिल्मीनेपालसँग गरिएको एक कुराकानीमा अभिनेता दयाहाङ राईले यो बारेमा आफ्नो मुख खोलेका छन् ।
‘हामीले कोशिश मात्रै गरेका छौँ होला राम्रा सिनेमा बनाएका छैनौँ होला त्यसैले नै दर्शकहरुले ‘इग्नोर’ गर्नुभएको छ, दयाहाङ भन्छन्, ‘सिनेमालाई पैसा कमाउने र मनोरञ्जन दिने हिसाबले मात्रै मेकिङ गर्दै उल्टो प्रचार गरिनु गलत छ ।
सिरियस रुपमा मेकरले नसोचेको कारण र आफ्नो कामसँग दर्शकलाई कनेक्ट गर्न नसक्नुले फिल्महरु असफल हुँदै गएको दयाहाङको बुझाइ छ । दर्शकको मन बुझ्ने फिल्म बनाउन नसकेको र मेकरले पैसा कमाउने सोच मात्रै राखेको कारण फ्लप फिल्मको सुची बढेको उनले बताए ।
एक समय उठिसकेको बजारमा हामीले दर्शकको अपेक्षा केन्द्रित फिल्म बनाउन नसकेको, आज हेरेर त्यसपछि याद र जहिले हेर्दा आनन्द र ताजापन दिने फिल्म बनाउन नसकेको कारण सिनेमा संस्कार नबसेको भन्दै उनले आशा बढि जगाएर फिल्म देखाउँदा त्यसलाई पुरा गर्न नसक्नु र अनावश्यक प्रचार गर्ने शैलीले हल खाली हुने अवस्था आएको दाबी गरे ।
दर्शकले मेकरलाई विश्वास गर्ने वातावरण गुम्दै जानु र अविश्वासको खाडल पैदा हुनु पनि फिल्म क्षेत्रको ‘डिजास्टर’को कारक रहेको दयाहाङ बताउँछन् । ‘अर्को तर्फ स्टारले दर्शकलाई अलिकति मात्रै तान्ने कुरा हो, व्यवसायिक सफलताको लागी फिल्म नै राम्रो बन्न पर्छ, दयाहाङ सुनाउँछन्, ‘कहिँकतै बनाइँमै मिलेको छैन ।’
रामबाबु गुरुङ र निश्चल बस्नेतको निर्देशनमा मात्रै दयाहाङले काम देखाउन सकेको र अन्य मेकरसँग नसकेको आरोप खण्डन गर्दै उनले भने, ‘निश्चल र रामबाबुसँग मेरो लामो सङ्गत छ, उनिहरु माथी मेरो र म माथी उनिहरुको विश्वास एकै छ त्यसैले काम राम्रो हुन्छ, अरु धेरै राम्रा निर्देशक हुँदा पनि कलाकारलाई छाडा छोडिन्छ, कि त कलाकारले लोभिएर बढि काम गर्छ, कि त अल्छी लागेर छोड्छ, जो सँग लामो सङ्गत भयो त्योसँग काम गर्न सहज मात्रै हो ।’
(दयाहाङ स्टारर पछिल्लो फिल्म ‘साइँली’ यहि चैत्र १५ बाट प्रदर्शनको तयारीमा छ ।)
फिल्म क्षेत्रको पछिल्लो तितो यथार्थतादेखि दयाहाङ को व्याक्तिगत पाटोसम्म गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत छः