कृष्णकी दिलकी रानी सपना !
प्रवेग लामाको स्वर समावेश गीत ‘ए मेरी दिलकी रानी’को हालै भिडियो छायाँकन सकिएको छ । प्रेमिल भाव बोल्ने गीतको भिडियोमा दिलकी रानी बनेकी छिन् पुर्व मिस मंगोल सपना रोका ।

ब्युटी प्याजेन्ट हुँदै मोडलिङ र उद्घोषण कलालाई एकसाथ अगाडी बढाउँदै आइरहेकी सपनालाई उक्त भिडियोमा साथ कृष्ण काउछाले दिएका छन् । फर्पिङका सुन्दर लोकेशनमा छायाँकन गरिएको भिडियोलाई सञ्जय काउछाले निर्देशन गरेका छन् भने क्यामेरा विरेन्द्र भट्टले चलाएका छन् ।

गीतमा विष्णु काउछाको शब्द संगीत समावेश छ भने एरेञ्जको काम याकुप राईले गरेका छन् । भिडियो सम्पादन अनिल रानाको छ । भिडियोलाई यो साता नै रिलिज गर्ने प्रोडक्सन टिमले बताएको छ ।