पुर्णिमामा माया साट्दै आकाश र नग्मा (भिडियो)
निकेश खड्काको निर्देशनमा गीति भिडियो ‘मंसिरे पुर्णिमा’ रिलिज भएको छ । सुमधुर मेलोडी बोल्ने गीतको सार्वजनिक गीतमा अभिनेता मोडल आकाश श्रेष्ठ र नग्मा श्रेष्ठ फिचर छन् । आकाश र नग्मालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ ।

एकपछि अर्को गर्दै चर्चित गीत दिँदै आएकी नग्मा पछिल्लो क्रमकी व्यस्त मोडलमा गनिन्छिन् । सुन्दर लोकेशनमा छायाँकन गरिएको गीतको भिडियोमा क्यामेरा उत्तम हुमागाइँले चलाएका छन् भने सम्पादन विकाश धमलाले गरेका छन् । सुबोल थापाको कोरियोग्राफी समावेश छ ।
सार्वजनिक गीतमा स्वर मेलिना राई र सलुन मगरको छ भने शब्द संगीत तम्पासेर राईको छ । अमोस तामाङले एरेञ्जको काम गरेका छन् ।