Logo

‘घर’ फर्स्टलुकमा डरलाग्दी सुरक्षा !

डीएस डिजिटलको प्रस्तुतिमा तयार भएको चलचित्र ‘घर’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति तय गरिएको छ । पोस्टरमा अभिनेत्री सुरक्षा पन्त फिचर छिन् ।

यो चलचित्र साउनको ३ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा शर्मिला पाण्डेको लगानी छ ।

चलचित्रमा निर्देशक अर्पण थापाको साथमा बेनिशा हमाल, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रलाई हरर कथामा तयार पारिएको छ । निर्मात्री शर्मिला पाण्डे चलचित्र निकै नै राम्रो बनेको बताउँछिन् । उनले भनिन्–‘चलचित्र हेर्दा दर्शक डराउने पक्का छ । हामीले उत्कृष्ट चलचित्र बनाएका छौ ।’

चलचित्रको फस्टलुकमा पनि एक यूवतीको डरलाग्दो अवतार देखाइएको छ ।

Comments