‘हजार जुनीसम्म’ गीत रिलिजः दीपाको भट्टी पसलमा आर्यनको ठूम्का
फिल्म ‘हजार जुनीसम्म’ मा समावेश आइटम नम्बर ‘सुकुटी साँधन साहुनी’ रिलिज भएको छ । सार्वजनिक कमेडी आइटममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री दीपाश्री निरौंला मुख्यतः फिचर्ड छन् भने स्वस्तिमा खड्का र अखिलेष प्रधानलाई पनि देख्न सकिन्छ ।
बालाजु स्थित एनएफडिसीमा सेट लगाएर तयार गरिएको गीतमा दीपा भट्टी साहुनी बनेकी छिन् । सार्वजनिक गीतमा मिना निरौंला र प्रल्हाद तिमिल्सिनाको स्वर छ भने एकनारायण भण्डारीको शब्दमा संगीत बसन्त सापकोटाले भरेका छन् ।
विकासराज आचार्यको निर्देशनमा बनेको यो फिल्ममा उल्लेखित कलाकारहरुसँगै प्रियंका कार्की, सञ्चिता लुइँटेल, सलोन बस्नेत, शिवहरी पौड्याल, अनुभव रेग्मी लिड अभिनयमा छन् । कविरा रेग्मी कार्यकारी निर्माता रहेको यो फिल्म आगामी भदौ ६ गते रिलिज हुनेछ ।
https://youtu.be/w3rA1fZI6KE