Logo

सरोजसँग आश्माको के ‘प्रोब्लम’ ? (भिडियो)

कमल रसाइली र मेलिना राइको आवाज समावेश ‘एनी प्रोब्लम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा टेकु क्षेत्रीको शब्द, हरि लम्सालको संगीत छ ।

यो गीतको भिडियोलाइ ‘दि कार्टुन क्रू’ले तयार पारेको हो । भिडियोमा कार्टुन क्रुको टिमलाई नै देख्न सकिन्छ । आश्मा विश्वकर्मा र सुविन चौहानले कोरियोग्राफी गरेका हुन् । भिडियो निर्देशन सरोज अधिकारीले गरेका छन् ।

यसैविच, यो भिडियोको निर्माण टिमले कभर भिडियो प्रतिस्पर्धा समेत आयोजना गरेको छ । सेप्टेम्बर ३ सम्म भिडियो तयार पारेर पठाउन सकिनेछ । नोभेम्बर १५ मा कभर भिडियोको नतिजा सार्वजनिक गरिने बताइएको छ । विजेताले ५० हजार नगद र ‘दि कार्टुन क्रू जुनियर’सँग नयाँ भिडियोमा नृत्य गर्न पाउने बताइएको छ ।

https://youtu.be/cxwzKXipfEk

Comments