प्रचण्ड नातिनीको स्वरमा आँचलको ठूम्का (भिडियो)
पुर्व प्रधानमन्त्री प्रचण्डकी नातिनी उदयिमान गायिका स्मिता दाहालको स्वर रहेको गीत ’जालैमा पार्छु’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सांगितिक क्षेत्रका हस्ति तथा राजनितिज्ञहरुको बीच गीतको भिडियो सार्वजनिक गरियो ।
सार्वजनिक गीत स्मिताको अनटाइटल एल्बममा समावेश हुनेछ । स्मितालाई गायनमा आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारीको छ । गीतलाई आशिषले नै कम्पोज गरेका हुन् ।
गीतको भिडियोमा आँचल शर्मा र विजु पार्कीसंगै स्मिता पनि देखिएकी छिन् । गीत सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री विना मगरले मन्तव्य राख्दै सफलताको शुभकामना दिइन् । गीतलाई गृष्मा ब्रोडकास्टिङले तयार पारेको हो । गृष्मा प्रमुख गृहेन्द्र घिमिरेले स्मिताको पहिलो गीतबाट सुरुवात गरेको र उनको अन्य गीतलाई पनि छिटै सार्वजनिक गर्ने बताए ।
डान्सिङ फ्लेभरको गीत क्लबमा छायाँकन गरिएको छ । स्मिताले समय समयमा आफ्ना गीतहरु दर्शक श्रोतामाझ ल्याउँदै आएकी छिन् भने फिल्मको पार्श्व गायनमा समेत आफ्नो पाइला राखिसकेकी छिन् ।
https://youtu.be/RuFvYLMooKw