Logo

नीतालाई चाहियो सुयोग्य पति ! (भिडियो)

काठमाण्डौ। नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा गायिका सहिमा श्रेष्ठले तीज गीत लिएर आएकी छन् । ‘हर हर महादेव’ बोलको गीत शनिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

उनले गीत मार्फत यो वर्षको तीजमा केहि त होलाकी भन्ने आशय ब्यक्त गरेकी छिन् । गीत मार्फत गायिका सहिमाले कयौं तीजमा व्रत बस्दा पनि कोहि साथि नभेटिएको भन्दै यो वर्षको ब्रतले शिरमा सिंन्दुर भरिदिने कोहि आईदेउ भन्दै आग्रह गरेकी छिन् । गीतमा चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत र अमर वान्तुले शब्द सृजेका छन् ।

कृष्ण पुनको एरेञ्ज रहेको गीतको भिडियोमा अभिनेत्री नीता ढुङ्गाना मुख्यतः फिचर्ड छिन् । उनीसँगै गायिका श्रेष्ठले पनि गीतमा ठुम्का लगाएकी छन् । सुयोग्य पति माग्दै हरेक वर्ष तिजमा व्रत बसेको युवतीको कथा गीतमा उतारिएको छ । गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्यको एक्सन कट छ भने उनकै कोरियोग्राफी छ ।

हरेक वर्ष तीज गीत सार्वजनिक गर्दै आइरहेकी सहिमाले ‘हर हर महादेव’ बोलको गीतलाई पनि दर्शकले आफ्ना अघिल्ला तीज गीतझैँ रुचाउनेमा विश्वास व्यक्त गरेकी छन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई दिव्य सुवेदीले खिचेका हुन् । गीतमा नृत्य गर्ने कलाकारलाई सिल्क फेशनले पहिरन उपलब्ध गराएको छ ।

शनिवार राजधानीमा रात्रिभोज सहितको एक कार्यक्रमको आयोजना गर्दै तीज गीतसँगै आधुनिक गीति संग्रह ‘अमर भावना २’को पनि विमोचन गरिएको थियो । कार्यक्रममा उक्त एल्बममा समावेश एक आधुनिक गीतको भिडियो समेत देखाईएको थियो । हाल तीज गीतलाई मात्र इन्टरनेटमा रिलीज गरिएको छ भने आधुनिक गीत भने केहि दिनमा सार्वजनिक गरिने बताईएको छ । बसन्त निरौलाको निर्देशन तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको ‘तिम्रो शहर’ बोलको गीतमा गायिका सहिमा श्रेष्ठको स्वर तथा दिपक शर्माको संगीत छ भने गीतकार अमर वान्तुका शब्द छन् । गीतको भिडियोमा अभिनेता अनुप बिक्रम शाही र अभिनेत्रीआँचल शर्माको अभिनय छ ।

https://youtu.be/HE2p-tMbdcY

Comments