पुत्र वियोगमा विकाश र रक्षा (भिडियो)
विकाश लामिछाने, रक्षा श्रेष्ठ फिचर्ड ‘न बचाउन सकेँ’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईले सार्वजनिक गरेको सो गीतमा समावेश गरिएका दृश्य तथा शब्द निकै भावुक बनाउने छन्। गीतमा एलिश खनालको समेत अभिनय रहेको छ ।
तुलसी सिवाकोटी स्वर, दुर्गा प्रसाद रिमालको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरीएको गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका हुन् ।
प्रकाश धितालको निर्देशनमा बनेको भिडियोमा विकाश र रक्षालाई श्रीमान श्रीमतीको रुपमा देख्न सकिन्छ । आफ्नो बिरामी छोरालाई बचाउन नसक्दाको पीडा गीत र भिडियोमा प्रस्तुत छ । बुद्ध थापाले खिचेको भिडियोमा विकाश दाहालको सम्पादन छ ।
https://youtu.be/Q333VWmukCw