सायसासँग शाहिलको यो कस्तो सम्बन्ध ? (भिडियो)
दिपक लिम्बुको स्वरमा गीति भिडियो ‘बाँच्नु जति’ रिलिज भएको छ । युट्युवमा सार्वजनिक गीतको भिडियोमा शाहिल खान र सायसा फिचर्ड छन् । भिडियो मार्मिक बनाइएको छ ।
प्रेमी दुर्घटनामा परि स्पाइनल इन्जुर्ड भएपछि उनलाई बाँचुन्जेल परेको पीडा र त्यसमा प्रेमिकाले दिएको साथका भावहरु भिडियोमा प्रस्तुत छन्। शाहिल र सायसा दुबैले मन छुने अभिनय गरेका छन् । गीततर्फ संगीत बिकास चौधरीको छ भने शब्द सुवास जमर्कट्टेलको छ
भिडियोलाई विज्ञान राईले निर्देशन गरेका छन् भने सम्पादन शाहिल खानको नै छ । बि. बि. फुयाँल र बाबुराम थापाले भिडियोको निर्माण गरेका हुन् ।
https://youtu.be/x3gB-1egXss