यस्तो छ नम्रताको ‘जीन्दगीको खेल’ (भिडियो)
नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दिगीको खेल’ सार्वजनिक भएको छ भने फिल्म गएको शुक्रबार नै रिलिज भएको थियो । ‘टम्बल वीड’ ब्याण्डले तयार पारको गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य सेलिषा श्रेष्ठको समेत गेस्ट अपिरियन्स छ भने गीत पदम बहादुर श्रेष्ठले खिचेको हुन् ।
फिल्म अभिनेत्री नम्रता श्रेष्ठ मार्शल आर्ट खेलाडीको भुमिकामा छिन् । आफ्नो चरित्रलाई आत्मसात् गर्न आठ महिना लामो तालिम समेत लिएकि थिईन् । फिल्ममा मार्शल आर्ट खेलाडी बन्नका लागि उनले अफस्क्रिन गरेको मेहेनत प्रष्ट देखिन्छ ।
फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर लगायतको अभिनय छ । फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेको हुन् । प्रसन्न गापाली कार्यकारी निर्माता रहेको फिल्मकी निर्मात्री नम्रता नै हुन् । फिल्मको प्रोडक्सन कम्पनी नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा निर्माण भएको हो ।
https://youtu.be/QinNKRgHhHY