Logo

गीतमै सरोज, आश्मा र आँचलको ‘एकान दुई कान मैदान’ !

गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ। भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरीको अभिनय रहेको छ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् ।

फिल्मी शैलीमा तयार भएको म्युजिक भिडियोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिदै निकै रुचाएका छन्। आफ्नो हरेक म्युजिक भिडियोलाई स्तरीय र राम्रो बनाउन आफू हरसमय प्रयासरत रहेकोले यो गीतमा पनि आफूले राम्रो मिहेनत गरेको निर्देशक आचार्यले बताए ।

https://youtu.be/qC_kgSruLtQ

Comments