Logo

कविता र नमराजको प्रेममा कुमार आचार्य भिलेन ! (भिडियो)

लेखबहादुर आचार्य उर्फ (कुमार)को निर्देशनमा तयार म्युजिक भिडियो ‘कुनै दिन मायामा’ सार्वजनिक भएको छ । प्रेमिल भाव बोल्ने गीतका शब्दहरुले प्रेम र रोमान्स बोल्छन् ।

प्रमोद खरेलको स्वर समावेश गीतमा शब्द संगीत रुपेश मास्केको छ । भिडियो तर्फ क्यामेरा रामेश्वर हुमागाइँले चलाएका छन् भने सम्पादन विष्णु खड्काको छ ।

गीतमा मोडल कविता राय र नमराज शिलवाललाई देख्न सकिन्छ भने केहि दृश्यमा निर्देशक आचार्य स्वयंम फिचर्ड छन् । उल्लेखित दुईको प्रेममा आचार्य ‘बाधक’ बनेको दृश्य भिडियोमा समावेश छ । सञ्चारकर्ममा क्रियाशिल आचार्य पछिल्लो समय भिडियो निर्देशनमा पनि व्यस्त छन् ।

https://youtu.be/t5NrjXLBw2E

Comments