Logo

डिभोर्सपछि मिलनले सार्वजनिक गरिन् ‘सिन्दुर’ !

नेपाली सुगम संगीतकी चर्चित गायिका मिलन नेवार (अमात्य) को स्वरमा ‘सिन्दुर’ बोलको गीत सार्वजनिक भएको छ । सञ्चारकर्मी मधु शाहीको शब्द रहेको गीतमा चित्रकार, गायक एवम् संगीतकार ज्योति प्रकाशले संगीत भरेका छन् भने एरेन्ज विष्णु अधिकारीले गरेका हुन् । त्यसो त गतबर्ष मात्रै सम्बन्ध विच्छेद गरेकी मिलनले ‘सिन्दुर’ लिएर आउनुलाई अर्थपुर्ण रुपमा लिन सकिन्छ ।

नविन बाबु गुरुङको छायांकन रहेको गीतको भिडियोमा बिकास धमलाको सम्पादन रहेको छ । ‘सिन्दुर’ लाई सञ्चारकर्मी सुमन पण्डितले निर्देशन गरेका हुन् । गीतको भिडियोमा मिलन स्वयम् चित्रित छिन् । पछिल्लो समय लाइभ ब्याण्ड सहितको थियटर भिडियो निर्माणको क्रम न्यून भए पनि यो गीतमा चित्रकलासँगै जोडेर थियटरमा कलाकारहरुको लाइभ वाद्ययवादन सहितको म्यूजिक भिडियोको निर्माण भएको छ । म्यूजिक भिडियोमा मिलनसंगै वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तानलाई देख्न सकिन्छ ।
गीत हेर्नुहोस्–

https://youtu.be/FrDtr2MSzW4

Comments