रोजनको ‘के यो माया हो’मा हिन्दी गीतमा मोडलिङ गरेकी रोजी (भिडियो)
‘के यो माया हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। आईतबार राजधानीमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। रोमन बज्राचार्यको शब्द रचना तथा संगीत रहेको गीतमा अस्ट्रेलियामा बसोबास गर्दै आएकी आरती श्रेष्ठको आवाज सुन्न सकिन्छ।
भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका छन् । भिडियोमा रोजी पन्त र निर्जन थापाले मोडलिङ्ग गरेका छन् । रोजी पनि अस्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् । उनको यो पहिलो नेपाली म्यूजिक भिडियो हो ।
यसअघि रोजिले एउटा हिन्दी भिडियोमा मोडलिङ गरिसकेको बताइन् । उनले विदेशमा रहेपनि नेपाली कला क्षेत्रमा आफूलाई अगाडी बढाउने रुची रहेको बताइन् । ओ. एम. जी इन्टरटेन्मेन्टको ब्यानरमा भिडियो निर्माण भएको हो । रणधीर श्रेष्ठले क्यामेरा चलाउँदा सम्पादनको जिम्मेवारी भने धुर्बराज पराजुली ‘प्रज्जवलित’ले सम्हालेका छन् ।
https://youtu.be/FtWqNHNNDnk