Logo

दिपेन्द्रको रङ्गमा प्रेम पोख्दै नीता र निराजन (भिडियो)

अभिनेत्री नीता ढुङ्गाना र मोडल अभिनेता निराजन प्रधान स्टारर गीति भिडियो ‘रङ्ग भित्रको उजाड जीन्दगी’ रिलिज भएको छ । भिडियोमा एक रानीले प्रेम प्राप्तीको लागी राजाको लागी गर्ने त्याग तपस्याको कथा समावेश छ । तर राजा भने देशप्रेमका ओतप्रोत छन् ।

सञ्चारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा तयार भएको गीतमा स्वर मेनुका पौडेलको छ । नेपाल आइडल प्रतिस्पर्धी मेनुका नेपाली सांगितिक क्षेत्रको लागी उदयिमान नक्षत्र हुन् भने दिपेन्द्र सञ्चारकर्मसँगै सांगितिक दुनियाँमा पनि आफुलाई उभ्याउँदै लगिरहेका गीतकार हुन् ।

सार्वजनिक गीतमा संगीत एसडी योगीको छ भने एरेञ्जको काम रिकेश गुरुङले गरेका छन् । भिडियो तर्फ शान थापाको निर्देशन रहँदा छायाँकन अनिल के. मानन्धरको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

Comments