Logo

सोनिकाको यादमा पदमले ल्याए ‘तिम्रो सम्झना’ (भिडियो)

गायक पदम भट्टराईको स्वर समावेश पछिल्लो गीति भिडियो ‘कहिँ कतै तिम्रो सम्झनामा’ सार्वजनिक भएको छ । मातृभुमी फर्किँदै गर्दा भट्टराईले गीतको भिडियो समेत तयार गरेका छन् । जहाँ उनि स्वयमं फिचर्ड छन् ।

सार्वजनिक भिडियोमा भट्टराईलाई मोडल सोनिका केसीले साथ दिएकी छिन् । मोडलिङ सँगै आइटम नृत्यमा जम्दै गरेकी सोनिका पछिल्लो पटक फिल्म ‘चौका दाउ’को ‘मेरो माया कतारमा’ बोलको आइटम नम्बरमा पनि देखिएकी थिइन् ।

भट्टराईको प्रेम र विछोड जोडिएको उक्त गीतमा शब्द तथा संगीत गणेश न्यौपानेको छ भने एरेञ्ज विक्रम कार्कीले गरेका छन् । नियोन क्रियशन स्टुडियोले गीतको भिडियो निर्माण गरेको हो । पछिल्लो समय क्यानडामा बस्दै आएका गायक भट्टराईले तीन वर्ष अघि ‘कहिँ त होला’ बोलको गीत दर्शक श्रोतामाझ ल्याएका थिए ।

https://youtu.be/CcB7_apzOc8

Comments