Logo

ब्लड क्यान्सर पीडितको सहयोगार्थ पोखरामा गुञ्जिए प्रमोद, पशुपति र सम्झना

ब्लड क्यान्सर पीडित सत्यराज सापकोटाको सहयोगार्थ ‘पोखरामा लाइन्स नाइट २०१९’ सम्पन्न भयको छ। लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटी र लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा गायक प्रमोद खरेल, पशुपति शर्मा, सम्झना भण्डारी , बिक्रम बराल, कमेडियन डोरेस खतीवडा , मेनुका माझी लगायतका चर्चित कलाकारहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए । पोखरा सभा गृहमा दिउँसो ३ बजे बाट सुरु भयको कार्यक्रम राती ८ बजे सम्म चलेको थियो ।

कार्यक्रम सफल भयको र आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष बिक्रम गुरुङले बताए । अर्का अध्यक्ष चेतन कार्कीले चाडैं नै एक कार्यक्रम गरी बिरामी सत्यराज सापकोटालाई रकम हस्तान्तरण गरिने बताएका छन् ।

Comments