Logo

म्युजिक भिडियोमा नयाँ प्रयोगः पैसा र प्रेम पाउन दुई पात्रको द्वन्द्व |भिडियो

पृथक शैलीमा निर्माण गरिएको म्युजिक भिडियो ‘तिम्रो शहर’ रिलिज भएको छ । झण्डै साढे आठ मिनेट लामो भिडियोलाई निर्देशक निशान घिमिरेले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् ।

प्रेम, पैसा र द्वन्द्वको पाटोलाई जोड्दै तयार पारिएको भिडियोमा हरि हुमागाइँ, सुशिला थापा र आमिर गौतम फिचर्ड छन् । साथमा युवराज वाईबा, लोमस पौडेल र नारायण घिमिरेलाई पनि देख्न सकिन्छ ।

गीततर्फ सन्तोष कालिकोटेको स्वर छ भने यमन सुवेदीको शब्द तथा मनोजराक शिवाकोटीको संगीत छ । किरण कंडेलले एरेञ्ज गरेका छन् । भिडियोमा उत्तम हुमागाइँको छायाँकन, विकाश दाहालको सम्पादन तथा शंकर महर्जनको एक्सन निर्देशन समावेश छ ।

https://youtu.be/as-qy6afk8k

Comments