ट्रेलरमा हेर्नुहोस् ‘ताकतवर’ |भिडियो
फिल्म ‘ताकतवर’को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा पत्रकार भेटघाट गरि निर्माण टिमले ट्रेलर रिलिज गर्यो ।
ट्रेलरमा एक्सन दृश्य हाबी छन् । सविन श्रेष्ठ, महिमा सिलवाल, ध्रुव कोइराला, रिजा भुषाल, शेखर सुवेदी अभिनयमा रहेको फिल्म जि.आर प्रोडक्सन र आर्ट मुभिजको संयुक्त प्रस्तुतीमा तयार भएको हो ।
गजेन्द्र रञ्जितको निर्देशन तथा आरती शाही र निर्देशक स्वयंको निमार्णमा तयार फिल्ममा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले), वद्रि फुयाँल सहनिर्माताका रूपमा रहेका छन् । सुनिल प्रकाश श्रेष्ठको लेखनमा तयार फिल्ममा मित्रडी गुरूङको सम्पादन रहेको छ। प्रदर्शन मिति तय छैन ।