Logo

दयाहाङको ‘जारी’ फस्टलुक रिलिज प्रदर्शन मिति पक्का

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको लिड अभिनय रहेको फिल्म ‘जारी’ ले प्रदर्शन मिति तय गर्दै फिल्मको अफिसियल फस्टलुक पोस्टर रिलिज गरेको छ । आगामी जेष्ठ २३ लाई प्रदर्शन मिति तय गरेर रिलिज गरिएको पोष्टरमा कलाकारद्वय दयाहाङ र मिरुना फिचर्ड छन ।

रामबाबु गरुङको निर्माणमा बन्न लागेको फिल्मको कथाकार तथा निर्देशक उपेन्द्र सुब्बा हुन् । सिनेमा आर्टस् र बासुरी फिल्म्सको ब्यानरमा बनेको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शैलेन्द्र डि कार्की ले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्ममा झुमा लिम्बु र संगम पन्तको संगीत रहेको छ । फिल्मको सह–निर्माताका रुपमा देवराज मादेन, सृजना लिंग्लेकु, अल्भिन लिम्बु, पिटर गुरुङ, देवयानी राई र क्षितिज लावती रहेका छन् ।

Comments