Logo

‘मायाको फूलबारी’मा सुशिलासँग रोमान्टिक पुष्प |भिडियो

गीतकार तथा संगीतकार सुरेश घोण्डे गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । गुरुङको शब्द तथा संगीतमा ‘मायाको फूलबारी’ बोलको गीत हालै सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा गायिका मेलिना राई र सुमन केसीले स्वर भरेका छन् । गीतलाई रोमान्टिक शैलीमा तयार गरिएको छ । शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र सुशीला थापा फिचर्ड छन् । भिडियोमा पुष्प र सुशिलालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

राजीव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोमा सम्पादन सुप्रिम पराजुलीको छ ।

https://youtu.be/8f6mXE6owbY

Comments