विराज भट्ट स्टारर साङ्लो’ युट्युव रिलिज |पुरा फिल्म सहित
स्टार अभिनेता विराज भट्टको डेब्यू निर्देशकिय फिल्म ‘साङ्लो’ युट्युव रिलिज भएको छ । डिजिटल कम्पनि बुढासुब्बा डिजिटलले फिल्मलाई बिहिबार युट्युव प्रिमियर गरेको हो ।
फिल्ममा विराज नै लिड अभिनेता छन् भने उनको अपोजिटमा पुर्व मिस नेपाल निकिता चाण्डक फिचर्ड छिन् । निकिताको लागी यो फिल्म रजतपट डेब्यू हो । अपोजिट क्यारेक्टरमा अभिनेता प्रकाश शाहले दमदार अभिनय पस्केका छन् । त्यसो त प्रकाशले यसअघि प्रदिप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’मा गरेको कामको राम्रो तारिफ भएको थियो । कामेश्वर चौरासिया, जयनन्द लामा, अमित गिरी, आरपी पन्त लगायत पनि लिड अभिनयमा छन् ।
अर्जुन जिसीले सम्पादन गरेको फिल्मलाई मानकृष्ण महर्जनले खिचेका हुन् । शिवम अधिकारीको लेखनमा तयार फिल्म द्वन्द्व प्रधान छ । एक्शनको जिम्मा श्री श्रेष्ठले सम्हालेका छन् ।
हेर्नुहोस् पुरा फिल्मः
https://youtu.be/8DpMSLKU714