Logo

‘मनसँग मन’मा बर्षा र पुष्पसँगै पलसँग पूजाको ठुम्का |भिडियो

फिल्म ‘मनसँग मन’मा समावेश ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मको आधिकारिक प्रदर्शन मिति आगामी चैत्र २७ लाई तय गर्दै गीत सार्वजनिक गरेको हो ।

दुई हप्ता पहिले मात्रै राजधानीमा छायांकन गरिएको गीत बिहिबार युट्युव रिलिज गरिएको हो । गीतमा डेभिड शंकर र भावना थापाको स्वर छ भने दिपक शर्माले संगीत भरेका छन् । गीतको शब्द विपिन किरणले लेखेका हुन् ।

भिडियोमा लिड कलाकार पुष्प खड्का र वर्षा शिवाकोटीसँगै अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । पल र पूजा यो फिल्मको गीतमा मात्रै देखिएका हुन् । बुद्धि तामाङ र रविन्द्र खड्कालाई पनि देख्न सकिनेछ । सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी गीतमा छ ।

कैलाश राईको निर्देशनमा बनेको फिल्मलाई अरुण तामाङले निर्माण गरेका हुन् । फिल्मलाई करण क्रेजीको रीच इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

https://youtu.be/WlUTUPUUmGk

Comments