Logo

‘परदेशी २’ गीत रिलिज, फेवा तालमा माया साट्दै केकी र प्रकाश |भिडियो

दशैंको छेकोमा आगामी असोज १४ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘परदेशी २’ को प्रेमिल गीत सार्वजनिक भएको छ । ‘के वर मागी फर्क्यौ भन’ बोलको गीतमा मुख्य कलाकार केकी अधिकारी र प्रकाश सपुर फिचर्ड छन् । प्रकाशको यो डेब्यू फिल्म हो ।

निशान भट्टराईको स्वर रहेको गीतमा रमेश पौडेलको शब्द रचना र नारायण रायमाझीको संगीत छ । रायमाझी यो फिल्मका निर्देशक हुन् । यसअघि श्रोतामाझ आएको २० वर्षपछि यो गीतलाई पुनः रेकर्ड गरेर फिल्ममा राखिएको हो । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

हिट फिल्म ‘परदेशी’को सिक्वेलमा केकी र प्रकाशसँगै प्रशान्त तामाङ्ग, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ । रमेश बिजीले फिल्मको कथा लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा सम्पादन दीर्घ खड्काको छ ।

Comments