सलोन स्टारर ‘मीलन’ रिलिज हेरफेर
सलोन बस्नेत अभिनित फिल्म ‘मिलन’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि कात्तिक १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म अब फिल्म अब मंसिर ९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
कात्तिक १८ मा अर्को फिल्म ‘लाखे’ पनि प्रदर्शन हुन लागेको र केही प्राविधिक कारणले प्रदर्शन मिति सारिएको निर्देशक टेक पौरखी राईले जानकारी दिएका छन् ।
‘एकै मितिमा दुईवटा फिल्म भिड्दा फिल्म क्षेत्र नै धरासायी बन्दै जान्छ । त्यसैले हामीले अग्रजको आग्रह र सल्लाह बमोजिम नै रिलिज सारेका हौं, निर्देशक राईले भने । मुख्य अभिनेता मध्येका एक कुशल शाह ठकुरी डेंगुका कारण अस्वस्थ भएकाले पनि रिलिज पछाडि धकलिएको बताइएको छ ।
कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापाको मुख्य भूमिका रहेको फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीलगायतको पनि अभिनय छ । कुशल, सलोन र शिल्पाबीचको मित्रता र प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित छ ।
फिल्ममा राहुल राईको छायांकन रतारा किम्बे थापाको सम्पादन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहँदा कुमार महर्जनको द्वन्द्व निर्देशन छ । यो फिल्ममा निर्माताको रुपमा प्रविन थापा छन् ।