Logo

एक्सनलाई प्राथमिकता दिँदै बाबु छोरीको कथा बोल्ने ‘चित्रा’ ट्रेलर सार्वजनिक

काठमाडौं । यहि पौष २७ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार युट्यूबमा सार्वजनिक ट्रेलरले पारिवारिक कथा बोल्छ । ट्रेलरमा एक्सन दृश्य पनि प्राथमिकताका साथ समावेश छन् ।

ट्रेलरमा प्रमुख कलाकार सबैलाई समेटिएको छ । फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, सुभेच्छा खड्का पृमुख अभिनयमा छन् । साथमा अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको समेत अभिनय छ ।

फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । बाबु छोरीको कथा बोकेको ‘चित्रा’का निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माता रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ ।

महेश पौडेलले छायांकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ ।

Comments