Logo

‘दुखी आत्मा’ गीतः रोमान्टिक दया र आँचल |भिडियो

काठमाडौं । दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’मा समावेश पहिलो गीत ‘जुनी जुनी भरिलाई’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा केतन क्षेत्री र मुना ठटालको स्वर छ भने शब्द तथा संगीत इश्वर कार्कीको सुन्न सकिन्छ ।

सार्वजनिक गीतको रोमान्टिक भिडियोमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा फिचर्ड छन् । भिडियोमा दुई जनालाई रोमान्टिक मूडमा देख्न सकिन्छ । रामजी लामिछानेले उक्त भिडियोमा नृत्य निर्देशन गरेका छन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन छ ।

फिल्ममा दयाहाङ र आँचलसँगै अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ । फागुन २ मा फिल्म प्रदर्शनमा आउनेछ ।

Comments