बोर्डद्वारा चलचित्र अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्रसँग सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरेको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डको सभआहलमा आयोजित कार्यक्रममा बुधबार छात्रवृत्ति वापतको रकम विद्यार्थिहरुमाझ कार्यक्रम गर्दै सम्बन्धित कलेजलाई हस्तान्तरण गरे ।
अध्यक्ष डिसीले माध्यमिक र स्नातक तहको विद्यार्थीहरुको छात्रवृद्धि ओस्कार ईन्टरनेशनल कलेजको संयोजक नवनिधि दाहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयको तर्फबाट प्रिन्सिपल शिशिर उप्रेतिलाई विद्यार्थीहरुको छात्रवृत्ति वापतको रकम हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरुको छात्रवृत्तिको कार्यक्रम २०६१ सालबाट सुरु भएता पनि यस वर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको हो । यस अघि विद्यावारिणीमा दुई जना, स्नातकमा १० जना र सर्ट कोर्ष २ जनालाई दिने गरिएको भएता पनि यस वर्षबाट विद्यावारिणीतर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिक तर्फ ५ जनालाई छात्रवृद्धि प्रदान गर्ने निर्णय गरिएको छ ।