Logo

टिजरमा हेर्नुहोस् ‘फेरि रेशम फिलिली’ |भिडियो

काठमाडौं । आगामी फागुन १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फेरि रेशम फिलिली’ को टिजर रिलिज गरिएको छ । निर्माण कम्पनि सिनेमा आर्ट्स्’ले बिहिवार फिल्मको टिजर रिलिज गरेको हो । फिल्म निर्माणमा भि मोसन पिक्चर्सले सहकार्य गरेको छ ।

सार्वजनिक टिजरले सामाजिक कथा बोलेको छ । कमेडी जनरालाई यो फिल्मले उठान गरेको छ । निरज महर्जनको लेखन तथा निर्देशनमा फिल्म तयार भएको हो ।यो फिल्म २०७२ सालमा रिलिज चर्चित फिल्म ‘रेशम फिलिली’को सिक्वेल हो ।

यो फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा छ।

रौनक बिक्रम कंडेल निर्मारा रहेको फिल्ममा कार्यकारी निर्माता सुरज बम ठकुरी छन् । यो फिल्ममा सह–निर्माताको रूपमा एनी थापा छन्। सुरेन्द्र पौडेलले फिल्म सम्पादन गरेका छन् ।

Comments