फ्लोरबाटै ‘हरिबहादुरको जुत्ता’ रिलिज घोषणा !
काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशनमा छायांकनरत चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रिलिज मिति तय गरेको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै छायांकन थालिएको चलचित्र आगामी २०८२ को दशैँको फूलपातीमा रिलिज हुने भएको छ ।
निर्माण टिमले फ्लोरबाटै फिल्मको प्रदर्शन मिति घोषणा गरेकोहो । हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकार रहेको चलचित्र ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा खिचिनेछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा रहेका छन्। सामाजिक र हाँस्य कथावस्तुमा बन्न लागेको चलचित्र महजोडीको चर्चित पात्र ‘हरिबहादुर’को पात्रबाट प्रभावित हुनेछ । चलचित्रमा हरिवंश आचार्यको कन्सेप्ट र कथा रहेको छ ।