‘कर्मा’ को छायांकन सकियो, चैत २९ बाट पछि नहट्ने !
काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको चलचित्र ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ दिन खिचेपछि सकिएको हो ।
निर्माण टिमले यो चलचित्रको प्रदर्शन मिति आउँदो नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेलाई तय गरेको छ । नेपालमा रिलिज हुने दिनमै यो चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने जनाइएको छ ।
एक्सन जनरामा यो चलचित्र निर्माण भएको छ । विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।