Logo

ओटीटिमा ‘दयारानी’, घरमै बसेर हेर्न पाइने

 

काठमाडौं । गत वर्ष सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘दयारानी’ ओटिटि प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा दयाहाङ राई, दिया पुन र विजय बराल मुख्य भूमिकामा छन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथाले एक दम्पतीको बाँझोपनसँगको संघर्षलाई प्रस्तुत गर्दछ । समाजका अपेक्षाहरू र जटिल पारिवारिक सम्बन्धहरूको बीचमा, पतिपत्नीले सन्तान प्राप्तिका लागि गर्ने प्रयासहरूलाई चलचित्रले हाँस्य र भावनात्मक ढङ्गले चित्रण गरेको छ ।

Comments